ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो । जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताए ।
उनका अनुसार ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ । नौ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष गरी ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्