काठमाडौं । सांसद दुर्गा पौडेलले सरकारले किसानलाई बीउ, मल उपलब्ध गराउन माग गरेका छन् । बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न विषयमा छलफलमा सांसद पौडेलले अहिले किसानले बीउ र मल नपाएर तड्पिरहेका भन्दै मल उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । “सरकारले कृषिलाई देखाउनका लागि कृषिप्रधान देश राख्ने हो कि कृषिलाई प्राथमिकता दिने हो रु” उनले प्रश्न गरे ।
उनले संसद्ले छलफलमा राखेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताए । यस्तै सांसद पौडेलले सन्तुलित प्रकारले सबै मन्त्रालयमा बजेट विनियोजन नभएको पनि बताएका छन् । उनले ऊर्जा मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा विदेशी कम्पनीलाई बनाउने दिने काम भइरहेकाले त्यसलाई रोक्दै सरकारले नै ठूला आयोजना आफैँले बनाउनुपर्ने बताए । “ठूला नदीनाला विदेशीलाई सुम्पने अनि सरकारले के गर्ने त”, उनले प्रश्न गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्