काठमाडौं । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेका छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्