काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा काठमाडौं उपत्यकामा तीन खोलाको अध्ययन भइरहेको बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको बताएका हुन् ।
मन्त्री चौधरीका अनुसार वर्षायाममा मेलम्ची खोलामा आउन सक्ने बाढीले सुरुङमा क्षति पुर्याउन सक्ने हुनाले पानी ल्याउन बन्द गरिएको हो । मेलम्चीको पानी बन्द भएको बेला काठमाडौं उपत्यकामा पानी आपूर्ति कम हुन नदिन बागमतीबाट सुन्दरीजलमा पानी पथान्तरण गर्ने र बोरिङहरुको क्षमता पनि बढाउने मन्त्री चौधरीले बताएका छन् । सरकारले चैत मशान्तदेखि मेलम्चीको पानी अस्थायी रुपमा वितरण गरे पनि वर्षायाम सुरु भएको कारण हाल बन्द गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्