Skip to content

मेलम्ची क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली साइरनको अवस्था परीक्षण

कालोपाटी

३ वर्ष अगाडि

सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली साइरनको अवस्था परीक्षण गरिएको छ ।  मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।

मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्