रोल्पा । रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् ।
विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्