झापा । झापाको कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ । गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको छ ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार खोला आसपासका आधादर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ । खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्ध भत्काएका कारण खोला बस्तीमा छिर्ने खतरा भएको उनले बताए । कमलका १, २, ५, ६ र ७ वडाका बस्ती डुबान र कटानले जोखिममा परेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
प्राविधिकसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परी आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्