काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने समिति बनाउने भएको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताएका हुन् ।
प्रचण्डले बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् । यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए । उनले दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने बताएका छन् ।
उनका अनुसार मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्