धनगढी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा एकीकृत समाजवादी पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन भनेका हुन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताएका छन् । “यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ”, अध्यक्ष नेपालले भने, “ पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।” फरक प्रसङ्गमा उहाँले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् । रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्