काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादि पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं।४ विशालनगर बस्ने बर्ष ४० बर्षिय अमित शम्शेरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सिटिजन्स बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई रकम भुक्तानी हुन नसके पछि बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।
उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ६६ लाख जरिवाना तोकेको छ । उनलाई बिहिबार टुडालदेवी काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्