दोलखा । एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयलाई ६४५ स्कुलको झोला सहयोग गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित विभिन्न विद्यालयलाई फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले उक्त स्कुल झोला गाउँपालिकाका अध्यक्ष प्रोणप्रताव केसीलाई हस्तान्तरण गरका हुन् ।
अध्यक्ष केसीले विद्यार्थीलाई पुस्तक राख्नका लागि झोला सहयोग गर्ने काम महत्वपूर्ण भएको र यस्तो कार्यले विद्यार्थीलाई पढ्न थप प्रोत्साहन मिल्ने बताए । फाउण्डेशनका अध्यक्ष श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउण्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।
फाउण्डेशनले यसअघि डोटीको केआइसिंह गाउँपालिका–४ मा स्थित झिमे मालिका विद्यालयलाई दुई हजार २०० झोला वितरण गरेको थियो भने दोलखाकै विभिन्न गाउँपालिकामा आठ विद्यालयलाई दुई हजार १०० झोला वितरण गरेको थियो । उक्त झोला हस्तान्तरण कार्यक्रममा एसएस फाउण्डेशनका सल्लहकार सोभित उप्रेती, समाजसेवी तथा राप्रपा नेता सुन्दरप्रकाश खड्का, दोलखा क्षेत्र नं २ का राप्रपाका अध्यक्ष कुमार कार्की, समाजसेवी मनिषा श्रेष्ठलगायत सहभागी थिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्