काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताको लागि घरभित्रै फोहोर राख्न काठमाडौं उपत्यकाका वासिन्दालाई अपिल गरेको छ । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले कम्तीमा एक साता घरभित्रै फोहोर जम्मा गरेर राख्न एक सूचना प्रकाशन गर्दै अपिल गरिएको हो ।
महानगरका अनुसार एक हप्ता सवारीसाधन नचलाउन सहरी विकास तथा भवन विभागले आग्रह गरेकोले त्यस अवधिमा कुहिने र नकुहिने फोहोर छुट्याएर घरभित्रै राख्न महानगरले आग्रह गरिएको हो । घरबाट निस्कने फोहोर सडक, चोक र सार्वजनिक स्थानमा नफाल्ने पनि सूचनामा आग्रह गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्