काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ती जनाएका हुन् ।
एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उनको भनाई छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरेका छन् । त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस बिषयमा गम्भीरता देखाउनुपर्ने बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्