Skip to content

आइतबार बस्ने भनिएको माओवादी स्थायी कमिटीको बैठक स्थगित

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । आइतबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

आइतबार बस्ने भनिएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल र नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने कि नबनाउने भन्नेबारे पनि छलफल हुने बताइएको थियो । बैठक बस्नुअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार