दोलखा । दोलखामा सर्पको टोकाईबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडास्थित अंगेरीडाँडाका ६९ वर्षिय अमृत बहादुर खत्रीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
यही साउन २० गते घर नजिकैको सिस्नो फाड्ने क्रममा सर्पको टोकाइबाट खत्री गम्भीर घाइते भएका थिए । भीमेश्वर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हिमाल श्रेष्ठको जानकारी अनुसार घाइते भएका खत्रीको २१ गते काठमाडौंको टेकु अस्पताल लगिएकोमा आइसियुको अभावका कारण उपचार असम्भव भएपछि विर अस्पताल लैजाने क्रममा उनको आइतबार मृत्यु भएको हो ।
मृतक वृद्धको शव पोष्टमार्टमका लागि विर अस्पतालमा राखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्