Skip to content

मदन पुरस्कारका लागि कुन-कुन परे उत्कृष्ट आठ पुस्तक ?

कालोपाटी

३ वर्ष अगाडि

काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । सोमबार आज मदन पुरस्कार गुठीको निर्णायक समितिले उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका पुस्तकहरुमा डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्