काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन् । नेपाल कुशवाहा कल्याण समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले संवृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशेका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।’ सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो । उनले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुयाएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुर्नुपर्ने बताएका छन् ।
समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्