काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले भदौ ८ गतेबाट कम्पनीले सर्वसाधरसणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
जसमध्ये ६ हजार ६०० कित्ता सामुहिक लगानी कोष र २ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको भदौ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस संस्थाको आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले काम गरिरहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्