हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ खरङ्गामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका वडा नंबर १ का ३३ वर्षीय गोपाल सारुको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको खरङ्गा सडकखण्डमा बिहिबार हेटौंडाबाट नारायणगढ जाँदै गरेको बा ०३–००१ ख २४८१ नंबरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्