काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद प्रतिष्ठाका निम्ति मात्र प्रतिस्पर्धा हुने गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको बताएका हुन् ।
सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गराउदै उनले भने, ‘आजभोलि नमिठो अनुभव हुन थालेको छ, मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’
प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् । प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्