काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ । भदौ ५ गते आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएसगै शुल्क घटने भएको हो ।
अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको र सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।
अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए । हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्