काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८ दशमलव ३० अंकले घटेर २०३९ दशमलव ५४ बिन्दुमा पुगेको हो ।
बिहिबार कुल २१९ कम्पनीको ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार माथिको सेयर कारोबार भएको छ । बिहिबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ६५ हजार २ सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आजको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । यसैगरी बिहिबारको सेयर बजारमा माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्