काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने भएको छ । समितिले बिमा कम्पनीको संख्या धेरै भएको भन्दै मर्जर तथा एक्विजिसनका लागि बिमा कम्पनीहरूलाई दबाब दिँदै आएको बिमा समितिले सातै प्रदेशमा लघु बिमाका नाममा इजाजतपत्र वितरण गर्ने भएको हो ।
शुक्रबार सार्वजनिक रुपमा बीमा समितिले सूचना जारी गर्दै चार वटा निर्जीवन लघु बिमा र तीन वटा जीवन लघु बिमा गरेर सात कम्पनीलाई नयाँ अनुमतिपत्र वितरण गरिने प्रस्ताव आह्वान गरेको छ । नयाँ कम्पनीको न्यूनतम चुक्ता पुँजी ७५ करोड तोकिएको छ । यसमा इच्छुक व्यक्ति तथा लगानीकर्ता, संस्थाले आवेदन पेश गर्न सक्ने समितिले जनाएको छ ।
सूचना प्रकाशित भएको मितिबाट ३५ दिनको १२ बजे भित्र दरखास्त पेश गर्नुपर्नेछ । आवेदकले जीवन र निर्जीवन लघु बिमाका लागि छुट्टाछुट्टै वा दुवैका लागि प्रस्ताव गर्न सकिनेछ । कर्पोरेट कार्यालय भने काठमाडौं उपत्यका बाहिर प्रदेशस्तरमा रहनुपर्ने समितिले जारी गरेको सुचनामा भनिएको छ । लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण सहित आर्थिक वर्ष २०७७-०७८ को कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्