काठमाडौं । शुक्रबार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३ हजार ५ सय १५ जनाको परीक्षणमा ३ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । १ हजार ६ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६३ जना र १ हजार ८ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्