काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना सङ्क्रमित भएका हुन् ।
अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ । अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो ।
अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना सङ्क्रमित भएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्