रूकुम । रूकुम पश्चिममा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आठबिसकोट नगरपालिका १४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतिक्षाको मृत्यु भएको भएको हो ।
उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जनाकारी दिएका छन् । भेरी नगरपालिका १ मैतेस्थित माइती घरबाट फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।
आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा माथिबाट आएको पहिरोले उनीहरूलाई आइतबार दिउँसो करिब १ बजेतिर पुरेको थियो । पहिरोबाट निकालेर उनीहरूलाई अस्पताल लगिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्