काठमाडौं । काठमाडौंको रत्नपार्कमा मंगलबारबाट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको अनुसार विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।
योसँगै देशका विभिन्न शहर तथा राजमार्गहरुमा पनि थप ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ । २६ वटा जीबीटी ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि चार्जर २५ वटा सीसीएस साना ठूला कारहरु चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी नेशनल सर्भिस प्रोभाइडर प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ ।
एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने विद्युत प्राधिकरले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्