काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए । पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, रु ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्