काठमाडौं । सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा तय गरेको छ । सरकारले बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी समाज’ भन्ने नारा तय गरेको हो ।
बर्सेनी भदौ २९ गते मनाइँदै आएको उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिएका छन् । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवस मनाउँदै आएको छ ।
मन्त्रालयले दिवस मनाउने क्रममा स्थानीय तह, प्रदेश सरकार, विभिन्न बाल क्लब, नागरिक सङ्घसंस्था र सञ्जाललाई आग्रह गरेको छ । मन्त्रालयले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ पनि पठाएकोे छ । सो निर्देशिका २०७८ असार २७ गते मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्