मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ । नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो । उनका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रत बस्ने गर्छन् । व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।
उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् । खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।
–
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्