दक्षिण कोरियामा २४ घण्टा अर्थात बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १४ ले बढेर ३०४ पुगेको छ । यस सङ्क्रमणको कारण थप ५३ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार तीन सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
–––
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्