ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यहाँका सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई रु १० हजारका दरले जरिवाना गरेको जानकारी दिए ।
वातावरण विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवना गरेको हो । बाँकी १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो । ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।
तस्बिर : फाइल
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्