नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।
आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन् । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र)का नौ जना प्रदेशसभा सदस्यले उहाँलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्