नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे । एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले भने , “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले रहिरहन्छ ।”
अध्यक्ष ओलीले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पार्दै भने , “हाम्रो देश समृद्ध र सुखी बन्छ ।”
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने , “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।”
एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा (माओवादी केन्द्र) को पनि साथ र समर्थन रहने उनले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्