सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नंको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु१क ५३५ नंको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु१७प ३७६२ र लु६प ६०२ नंका मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा लु७२प ७३९२ नंको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–४ का २० वर्षीय युवक आविष्कार टण्डनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै लु१७प ३७६२ नंको मोटरसाइकलका चालक तिलोत्तमा–७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडि सवार ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन् । घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्