जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिए ।
उहाँको अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ । गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटकमार्फत रु आठ करोड ६३ लाख नौ हजार सात सय ७० आम्दानी भएको थियो । चिडियाखानामा प्रत्येक दिन औषतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्