काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज) बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ५ सय १० रुपैयाँ, तेजाबी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्