काठमाडौँ । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । तराईका थोरै स्थानमा बिहानैदेखि हुस्स र कुहिरो लागेको छ।
त्यस्तै, महाशाखाका अनुसार (आज) शुक्रबार कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ । कोशीको पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना छ ।
यसैगरी, राति कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।
देशभर तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेको हुदाँ सबैलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्