काठमाडौँ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ मा बस्ने ३१ वर्षीय ट्रकका चालक सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो ।
महेन्द्र राजमार्गको शीतगङ्गा-८ सातमाराको राप्ति पुल नजिकै ना ६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिएका छन् । दुर्घटना भएपश्चात् उनीहरुको जेनस अस्पताल बुटवलमा उपचार भइरहेको थियो ।
उक्त व्यक्तिहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्