काठमाडौँ । तारा एयरको जहाजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको इमर्जेन्सी (आपतकालीन) झ्यालको सिसा खसेको हो ।
काठमाडौँबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताएका छन् ।
कलसाइन ९ एन एएलओ भएको जहाजको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्