काठमाडौँ । सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक (आज) आइतबारदेखि सौराहामा सुरु भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका छन् । गोष्ठीमा देशभरका १ हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ ।
उनले भने,’इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।’ अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उनको रिहाइका लागि आवाज उठाइने उनले बताएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्