Skip to content

सोमबारको मौसम: हिमाली भू-भागमा हिमपात, तराईका केही स्थानमा हुस्सु

कालोपाटी

२ वर्ष अगाडि

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावले (आज) सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, तराईका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।

सोमबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्