काठमाडौँ । भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण गरेको छ । सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले आज बुधबार जाजरकोट र रुकुम पश्चिममा सामग्री वितरण गरेका छन् ।
जाजरकोटको भेरी नगरपालिका-१, राउत गाउँमा रहेका भूकम्पपीडितमध्ये ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ जना मृतकका परिवार र चारजना ज्येष्ठ नागरिकलाई झोला, कापी-कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी, स्वेटरलगायत सामग्री वितरण गरेका छन् ।
यसैगरी, रुकुमपश्चिम आठबीसकोट नगरपालिका-१४ छेपारेमा ४२ जना मृतकका आफन्तलाई राहत सामग्री वितरण गरेको छन् । राहत वितरणको क्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुनेहुँदा यस्तो विपद्को समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको बताएकी छिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्