काठमाडौँ । बाँकेमा ३२ लाख बराबरको अवैध सामानसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-५ का ५० वर्षीय कमल हलुवाई र ३० वर्षीय चालक भारतीय नागरिक साकिर हुसेन अवैध सामानसहित पक्राउ परेका हुन् ।
भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको छ ।
गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो । बरामद गरेको सामानमा १४ लाख ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, १ लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गर्ने ट्रक रहेका छन् । ट्रक चालकसहित दुईजनालाई पक्राउ गरेको सूचना अधिकारी भारतीले जानकारी दिएका छन् ।
प्रहरीले अवैध सामानसहित २ जनाको थप अनुसन्धान तथा कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई पठाएको सूचना अधिकारीले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्