काठमाडौँ । बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी २७ जना घाइते भएका छन् । बुधबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जितपुर-सिमरा उपमहानगरपालिका- २२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ गुडेको ना ७ ख ७३०० नम्बरको ट्रक एक-आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज लगेका छन् । अन्य सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्