काठमाडौँ । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित भएका न्यौपानेको (आज) बुधबार बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।
मृगौला रोगबाटसमेत पीडित रहेका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिएका छन् । उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी छन् ।
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थियो । कालीकोटको रास्कोट नगरपालिका-८ फुकोट गाउँमा जन्मिएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमासमेत निर्वाचित भएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्