काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको हो ।
काठमाडौँ उपत्यकामा बिहीबार यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ । बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैलाई आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्