काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘क्रिसमसको’ उपलक्ष्यमा तीन दिन सार्वजनिक विदा दिएको छ । सो गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमसको’ उपलक्ष्यमा तीन दिन सार्वजनिक विदा दिएको हो ।
इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको उक्त गाउँपालिकामा २०८० पुस ८, ९ र १० गते गरी ३ दिनका लागि सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदाको तीन दिन राक्सिराङ गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द रहने गाउँपालिकाका अध्यष राजकुमार मल्लले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्