काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनको नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ । नारायणगढ-बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सोमबार बिहान गैँडाकोट पुल्चोकबाट पैदल यात्रा सुरु गरेको हो ।
आजदेखि सुरु भएको उक्त ‘दबाब यात्रा’ ३ दिनको हुनेछ । रास्वपाले सोमबार बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट यात्रा सुरु गरेको हो । पर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड १ सय १३ किलोमिटर छ ।
यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । पैदल यात्राका क्रममा पार्टीको झण्डा, लोगो, टि-सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्