काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाशे पुलमा लिफ्ट राख्ने तयारी गरेको छ । महानगरले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बानेश्वरमा आकाशे पुलको दुवैपट्टी एक-एक वटा लिफ्ट राख्ने तयारी गरेको हो ।
उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन् । लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्नेछन् । लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन् ।
यस्तै, महानगरले आकासे पुलमा लिफ्ट राख्नका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको छ । लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको छ । लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि माहनगरले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्